ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
ajakoartha.com · Mon Oct 26 08:59:00 GMT 2026

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने प्रतिष्ठित ‘बेष्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ। बैंकले लगातार तेस्रो वर्ष यो अवार्ड हात पारेको हो। यसअघि सन् २०२४ र २०२५ मा पनि बैंकले सोही विधामा अवार्ड जितिसकेको छ।
थाइल्याण्डको बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)