कसले सुनिदिने किसानका पीडा ?
khabarhub.com · Mon Oct 26 09:18:07 GMT 2026

सर्लाही – उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै माटोमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छ हरिवन नगरपालिका–४, सासापुरका महमद अकबर अन्सारी । वैदेशिक रोजगारीका लागि कतार र साउदी अरेबिया पुगेका अन्सारी अहिले आफ्नै गाउँमा व्यावसायिक गोलभेँडा खेती गरिरहेका छन् ।
पछिल्लो आठ वर्षदेखि व्यावसायिक रूपमा गोलभेँडा खेती गर्दै आएका उनले प्रशस्त आम्दानी पनि गरिरहेका छन् । उनले यस वर्ष पनि सात बिघा क्षेत्रफलमा गोलभेँडा लगाएका छन् । अन्सारीको अनुभव केवल निर्वाहमुखी खेतीको कथा होइन । व्यावसायिक खेतीबाट मनग्य आम्दानी गरेको उनको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)