मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हुम्लामा चार करोडको खसीबोका व्यापार

gorkhapatraonline.com · Mon Oct 26 09:17:04 GMT 2026

हुम्लामा चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामाजिक तथा धार्मिक मान्याताका कारण यसको व्यापार वृद्धि भएको हो ।

बझाङको साइपालबाट चार सय खसीबोका ल्याउनुभएका व्यापारी मानबहादुर पार्कीले झण्डै एक करोडको व्यापार भएको बताउनुभयो । २५ प्रतिशत व्यापार उधारोमा गएको भएपनि दसैंमा खसीको व्यापार हालसम्मकै धेरै भएको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)