इटालीमा कोरोनाका कारण ३२ हजार ८ सय बढीको मृत्यु
lokpath.com · Mon May 25 18:07:24 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण सारा विश्व नै त्रस्त छ । इटालीमा हालसम्म कोरोनाको कारण ३२ हजार ८ सय ७७ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३ सयमा कोरोना संक्रमण फैलिएसँगै कुल संक्रमितको संख्या २ लाख ३० हजार १ सय ५८ पुगेको छ ।
त्यस्तै संक्रमित मध्ये ५ सय ४१ जनाको अवस्था गम्भीर रहेको र १ लाख ४१ हजार ९ सय ८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । साथै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९२ जनाको ज्यान गइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)