बाढीपीडितको शव पहिचानमा सहयोग गर्न सरकारलाई हस्तान्तरण गरियो दुई सेट डीएनए किट
kendrabindu.com · Mon Oct 26 09:22:37 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र बेलायतमा रहेका व्यवसायी तथा समाजसेवी उत्तम नेपालले नेपाल सरकारलाई दुई सेट अत्याधुनिक डीएनए किट हस्तान्तरण गरेका छन्। बाढी तथा विपत्तिमा ज्यान गुमाएका व्यक्तिको पहिचानमा सहयोग पुर्याउने उद्देश्यले उक्त किट सरकारलाई उपलब्ध गराइएको हो।
सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा आचार्य र नेपालले डीएनए परीक्षण तथा नमुना प्रशोधनका लागि आवश्यक क्यूआइएजीइएन टिस्युलाइजर–३ प्रणालीका दुई पूर्ण सेट परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका हुन्। यी उपकरण प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामार्फत सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)