‘विपत्तिमा मातृभूमिलाई एनआरएनको साथ, डीएनए किटसँगै एक करोड रुपैयाँ सहयोग’
kalakarmi.com · Mon Oct 26 09:27:47 GMT 2026

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र बेलायतमा रहेका व्यवसायी तथा समाजसेवी उत्तम नेपालले नेपाल सरकारलाई दुई सेट डीएनए किट हस्तान्तरण गरेका छन् ।
उक्त किट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामार्फत संचालनमा ल्याउने तयारी छ । सोमवार परराष्ट्र मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा आचार्य र नेपालले डीएनए तथा नमुना प्रशोधनका लागि आवश्यक क्यूआइएजीइएन टिस्युलाइजर–३ प्रणालीका दुई पूर्ण सेट परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)