मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

काठमाण्डौ उपत्यकामा पानी पर्न रोकियो, आज पनि हिजाेकाे जस्तै वर्षा हुने

Ujyaaloonline.com · Tue Oct 05 01:07:40 GMT 2021

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा हिजो बेलुकादेखि भइरहेको वर्षा अहिले रोकिएको छ । अहिले बिहानदेखि पानी पर्न रोकिएको हो । उपत्यकासहित वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हिजो बेलुकीदेखि नै ठूलो वर्षा भएको थियो ।

अहिले पानी पर्न रोकिए पनि बेलुका पख भने फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार भारतको बिहार आसपास क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको असरले काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ठूलो पानी परेको हो । यस्तै, अक्टोबर महिना लागिसकेकाले अहिले पोस्ट मनसुनको जस्तो गतिविधि पनि देखिन थालेकाले अचानक बादल बनेर ठूलो पानी पर्न थालेको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)