मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

धानबालीमा रोगकीराको प्रकोप बढेपछि किसान चिन्तित

gorkhapatraonline.com · Mon Oct 26 09:32:14 GMT 2026

सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ सहित जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको धानबालीमा रोगकीराको प्रकोप देखिएपछि किसानहरू चिन्तित बनेका छन् । धान पसाउने, बाला लाग्ने तथा पाक्ने समयमा विभिन्न रोगकीराको सङ्क्रमण देखिएपछि किसानहरू धानबाली जोगाउन विषादी छर्न बाध्य भएका छन् ।

धानबालीमा कतै गभारो, कतै पतेरो त कतै ब्लास्ट रोगको समस्या देखिएको इनरुवा ९ का किसान सुरेन्द्र यादवले गुनासो गर्नुभयो । विभिन्न जातको धानको प्रजाती अनुसार नै विभिन्न रोग किरासहित धानको पात सुक्ने, पातमा दाग देखिने तथा बोट कमजोर हुनेजस्ता समस्याले धान उत्पादनमा असर पार्न सक्ने भन्दै किसानहरू चिन्तित बनेको यादवको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)