भाेजपुरमा भेडा पालेरै वर्षकाे १० लाख आम्दानी
shilapatra.com · Sat Jun 24 00:30:00 GMT 2023
भेडापालन व्यवसाय लेकाली भेगका किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक भेडापालनबाट यहाँका कृषकले वार्षिक ७ देखि ९ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
भेडाको घ्युसँगै मासुको माग बजारमा राम्रो रहेको टेम्केमैयुङका स्थानीय भेडापालक कृषक गोविन्द बस्नेतले बताए । भेडापालक कृषकले भेडा, ऊन, घ्यु, मोही, छुर्पीलगायत बिक्रीबाट आम्दानी लिने उनको भनाइ छ । त्यस्तै ऊनबाट बन्ने राडी, पाखी, लुकुनीलगायत पनि किसानको आम्दानीको स्रोत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)