मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जेसीबी नेपालद्वारा इटहरीमा विश्वास, साझेदारी र ग्राहक सफलता उत्सव मनाउन ग्राहक सम्मान कार्यक्रमको आयोजना

ajakoartha.com · Wed Jun 10 06:35:00 GMT 2026

काठमाडौं- MAwअर्थमुभर्स प्रा.लि. अन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ । उक्त कार्यक्रममा विशिष्ट ग्राहकवर्ग, विभिन्न संघ(संस्थाका प्रतिनिधि, उद्योग क्षेत्रका सरोकारवाला र जेसीबी नेपाल टिमका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो कार्यक्रम कोशी क्षेत्रका जेसीबी ग्राहकहरूको निरन्तर विश्वास, सहयोग र साझेदारीप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको थियो । यो कार्यक्रम ग्राहकहरूसँगको सम्बन्ध थप सुदृढ पार्न, जेसीबी नेपालको विकासमा उनीहरूको योगदानलाई सम्मान गर्न र भरपर्दो मेसिन, बलियो आफ्टर सेल्स सर्भिस तथा दीर्घकालीन ग्राहक सन्तुष्टिप्रति कम्पनीको प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने मञ्चको रूपमा सफल रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)