अमेरिकामा कोरोना महामारी उस्तै, १७ हजार बढीको अवस्था गम्भीर
lokpath.com · Mon Jun 01 17:40:27 UTC 2020
काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ६ हजार ३ सय ३५ पुगेको छ ।
बितेको २४ घण्टामा ६ हजार बढीमा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १८ लाख ४३ हजार ४ सय ४१ पुगेको छ । त्यस्तै हालसम्म ६ लाख १ हजार १ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा रहेको छ । भने संक्रमितमध्ये १७ हजार ७५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । साथै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ४० जनाले ज्यान गुमाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)