मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपत्यकामा पहिलोपटक भेटियो पाहुना चरा ‘स्वेतमाथा कलहाँस’ (भिडियाेसहित)

newsofnepal.com · Tue Dec 05 01:19:30 GMT 2023

काठमाडौं ।

पंक्षी संरक्षकले उपत्यकामा पहिलोपटक नयाँ पंक्षी फेला पारेका छन् । यही ११ गतेदेखि हनुमन्ते खोलाको निश्चित क्षेत्रमा देखिएको स्वेतमाथा कलहाँस (ग्रेटर ह्वाइट फेन्टेट गुज) उपत्यकावासीको लागि नयाँ हो । यो पंक्षी साइबेरिया, रूसलगायत अति चिसो मुलुकबाट जाडो छल्न नेपाल प्रवेश गर्ने क्रममा हनुमन्तेमा आएको हो । हाँस प्रजातिको कलहाँस थाकेर हनुमन्ते खोलामा आएको अनुमान पंक्षी विज्ञको छ । पंक्षीविज्ञ सञ्जय था श्रेष्ठका अनुसार सो पंक्षी पहिलोपटक सन् २०१७ मार्च २४ मा नेपालमा देखिएको थियो । त्यतिबेला कोशी टप्पु वन्यजन्तु आरक्षमा २ वटा कलहाँस देखिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)