मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र क्षेत्र बदल्ने चुनौती बोकेर बोर्डको नेतृत्वमा पुगेका मनिष पण्डित

nagariknews.nagariknetwork.com · Mon Oct 26 09:34:38 GMT 2026

नेपाली चलचित्र क्षेत्रमा नयाँ सोच, प्रविधिको प्रयोग र संरचनागत सुधारको अपेक्षा भइरहेका बेला चलचित्र विकास बोर्डको नेतृत्वमा मनिष पण्डित आएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। चलचित्र निर्माण, बक्स अफिस प्रणालीको व्यवस्थापन र सूचना प्रविधिको प्रयोगमा काम गरेका पण्डितका लागि अब व्यक्तिगत अनुभवलाई समग्र चलचित्र उद्योगको विकासमा रूपान्तरण गर्नु मुख्य चुनौती हुनेछ।

बोर्डको अध्यक्ष बन्न १२ जनाले आवेदन दिएका थिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पण्डितसहित चलचित्रकर्मी नरेशकुमार पौड्याल र अभिनेत्री निशा अधिकारीको नाम अन्तिम तीन प्रतिस्पर्धीका रूपमा मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। सरकारले तीमध्ये पण्डितलाई अध्यक्षमा चयन गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)