‘बेष्ट बैंक अवार्ड’मा ग्लोबल आईएमई बैंकको ह्याट्रिक, लगातार तेस्रो पटक सम्मानित
hamrakura.com · Mon Oct 26 00:00:00 GMT 2026

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित हुँदै ह्याट्रिक गरेको हो । ग्लोबल आईएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गरेको थियो ।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित एक विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई उक्त अवार्ड हस्तारण गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)