सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट
kathmandupati.com · Mon Oct 26 09:50:47 GMT 2026

काठमाण्डु – सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
त्यस अवसरमा उनीहरूबिच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, आर्थिक साझेदारी, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन तथा संसदीय सहकार्य लगायतका साझा चासोका विषयमा विचार आदानप्रदान भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)