दुई गोठ जल्दा १४ पशुचौपाया मरे
barnanmedia.com · Sun Apr 27 22:01:50 GMT 2025

गुल्मीमा एकै दिन दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १४ पशुचौपाया मरेका छन् । आइतबार साँझ धुर्कोट गाउँपालिका –३ हाडहाडेका अनन्तबहादुर बस्नेतको ढुङ्गा माटोले बनेको दुई तले कच्ची गोठमा आगलागी हुँदा एउटा दुहुनो भैँसी र एउटा पाडो जलेर मरेको छ ।
आगलागीबाट गोठ र खोर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । आगलागीबाट पाँच लाख रुपियाँ बराबरको क्षति भएको सारुले बताउनुभयो । त्यस्तै मरभुङ्गमा बिहान गोठमा आगलागी हुँदा १२ वटा पशुचौपाया जलेर मरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)