तीन दिनमै ‘कबड्डी ५’ को ५ करोड २४ लाख ग्रस कलेक्सन, बक्स अफिसमा आक्रामक सुरुआत
kalakarmi.com · Mon Oct 26 09:55:52 GMT 2026

काठमाडौं– निर्देशक रामबाबु गुरुङको निर्देशनमा बनेको बहुप्रतीक्षित नेपाली फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले बक्स अफिसमा उत्कृष्ट सुरुआत गरेको छ । प्रदर्शनमा आएको तीन दिनमै यो फिल्मले ५ करोड २४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जनाइएको छ । दशैँको अवसर पारेर देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको यो फिल्मले सुरुआती दिनदेखि नै दर्शकको राम्रो साथ पाएको हो ।
बासुरी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मले प्रदर्शनको पहिलो तीन दिनमै उल्लेख्य व्यापार गरेसँगै नेपाली फिल्म बजारमा नयाँ उत्साह थपिएको छ । फिल्मप्रति दर्शकको आकर्षण, कलाकारको लोकप्रियता र ‘कबड्डी’ शृंखलाप्रतिको अपेक्षाले यसको सुरुआती व्यापारलाई बलियो बनाउन सहयोग गरेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)