पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना, सात जनाको मृत्यु
ratopati.com · Mon Oct 26 10:02:49 GMT 2026

काठमाडाैँ। पाकिस्तान प्रशासित काश्मीरको मुजफ्फराबादको बाहिरी क्षेत्रमा यात्रु बोकेको जीप पहाडी सडकबाट करिब एक हजारदेखि एक हजार पाँच सय फिट तल खस्दा सात जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार आइतबार दिउँसो भएको दुर्घटनामा जीपमा सवार सबै जनाको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरी तथा प्रशासनका अधिकारीहरूका अनुसार पहाडी क्षेत्रको एउटा गाउँबाट अर्को गाउँतर्फ जाँदै गरेको जीप करिब तीन किलोमिटर यात्रा गरेपछि दुर्घटनामा परेको थियो। भूस्खलनबाट प्रभावित सडकमा गुडिरहेका बेला चालकले गाडीमाथिको नियन्त्रण गुमाउँदा जीप ढलानबाट तल खसेर धेरै पटक पल्टिएको अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)