सल्यानको त्रिवेणीमा शंकास्पद वस्तु फेला
gorkhapatraonline.com · Mon Oct 26 10:08:24 GMT 2026

सल्यानको त्रिवेणी गाउँपालिकामा एक थान सकेट बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ३ पिमखोलास्थित रिठाबोट टोल नजिकै झाडीमा सकेट बम फेला परेको बताइएको छ । सो खबर प्राप्त हुने बित्तिकै नेपाली सेना र प्रहरीको टोली त्यहाँ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बस्तीभन्दा माथी एक थान सकेट बम जस्तो देखिने वस्तु फेला परेको जानकारी आएको छ, सेना र हाम्रो टोली त्यहाँ पुगिसकेको छ । बम नै हो या अरु कुनै बस्तु हो भनेर सेनाले भेरिफाइ गर्दैछ ।”
स्थानीयवासीले घाँस काट्ने क्रममा बाँसको झ्याङनजिकै बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको बस्तु बम भए, नभएको यकिन गर्ने र बम नै भएमा सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गर्ने तयारी भइरहेको डीएसपी पातलीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)