मुक्तकमैयाका समस्या सम्बोधन गर
rajdhanidaily.com · Thu Aug 11 23:26:12 GMT 2022
कैलारी गाउँपालिकाको विपतपुरमा बसालिएका मुक्तकमैया अहिले पनि विपद्को अवस्थामा जीवन गुजारा गरिरहेका छन् । उनीहरू मुक्त घोषणा गरिँदाका बखत जेजस्तो अवस्थामा थिए, अहिले पनि सोही अवस्थामा छन् । वितरण गरिएकोे प्रतिपरिवार ५ कट्ठा जग्गाले आजको बढ्दो परिवार संख्यालाई धान्न पनि सकिरहेको छैन । हरेक वर्ष उनीहरूले आधारभूत समस्या हल गर्ने मौका नै पाएनन् । सधैँ खान, लाउन, बस्न र शिक्षा तथा स्वास्थ्यको समस्या झेलिरहे । यो वर्ष पनि वर्षायाम सकिने बेला हुन थालेको छ । तर, उनीहरूलाई वर्षात्का कारण झेल्नुपर्ने समस्या कम गर्न कसैले पनि सहयोग गरेन । अहिले पनि उनीहरूलाई कहाँ र कसरी ओत लाग्ने भन्ने चिन्ताले सताएको छ । उसै त कमैया, त्यसमाथि हरेक वर्ष प्राकृतिक प्रकोपले थोपर्ने समस्या ! त्यसमाथि पनि चार महिनाअघि आगलागीबाट उनीहरूले ओत लाग्ने घर पनि गुमाउन पुगेपछि अहिले वर्षे झरीमा चुहिने त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य भइरहेका छन् । उनीहरूकहाँ कुनै समयमा वर्षायाममा उम्रने झरी च्याउभैंm बाक्लै देखा पर्ने संघ÷संस्थाहरूले पनि नाकमुख देखाउन छाडिसकेका छन् ।
सरकार आपैंmमा निरीह बनेर बसेको छ । यसले आप्mना बेसहारा नागरिकमाथिको दायित्व निर्वाह गर्न छाडिसकेको छ । सरकारले देश र जनताको अभिभावकत्व लिन पनि छाडिसकेको छ । जनताका लागि संघ÷संस्था नजिक होलान्, तर सरकार नचिनेको अवस्थामा छ । त्यसमा पनि अहिले त तीन तहका सरकार छन् । गाउँगाउँमा सिंहदरबार पुगेको आभास दिने भनिएको छ । त्यो आभाससम्म जनताले पाउन सकिरहेका छैनन् । मुक्तकमैया वस्ती विपतपुरमा गत वैशाख ११ गते भीषण आगलागी हुँदा सो वस्तीमा रहेका २७ घर जलेर खरानी भएपछि हालसम्म पनि उचित राहतको व्यवस्थापन हुन सकिरहेको छैन । मुक्तकमैयाहरू घाम पानीको प्रवाह नगरी दिनरात दिन बिताउँदै आइरहेका छन् । विपतपुरमा रहेका ७१ मुक्तकमैया घरपरिवारमध्ये २७ घर पूर्ण रूपमा जलेका नष्ट हुँदा उचित राहत नै पु¥याइएन । त्यस आगलागीमा ३४ घरमा आंशिक क्षति भए पनि उनीहरूको पीडा र समस्यासमेत बुझिएको छैन । हाल रेडक्रस सोसाइटीले प्रदान गरेको पालको सहारामा दिन गुजारा गर्दै आएका मुक्तकमैया पालमुनि आइरहने विषालु सर्प, बिच्छी र अन्य किराहरूको डरले दिन होस् वा रात राम्ररी निदाउन सकिरहेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)