पहिलो हाफमा पोल्यान्ड १-० ले पछाडि - देखापढी
dekhapadhi.com · Wed Jun 23 17:09:00 GMT 2021
एजेन्सी। युरो-२०२० को नकआउट चरणमा स्थान बनाउन जित्नै पर्ने दबाबमा रहेको पोल्यान्ड पहिलो हाफ सकिँदा १-० ले पछि परेको छ। स्विडेनले दोस्रो मिनेटमै इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको थियो। स्विडेनले अग्रता कायमे राखे समूह ‘ई’बाट विजेता बन्दै नकआउट चरणमा स्थान बनाउनेछ। रोवर्ट लेवनडोवस्कीको पोल्यान्ड हार्यो भने प्रतियोगिताबाट बाहिरिनेछ। अर्को खेलमा स्पेनले स्लोभाकियाविरुद्ध २-० को अग्रता लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)