मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा सैन्य कारबाही, ६ आतङ्कवादी र २ सैनिकको मृत्यु

ratopati.com · Mon Oct 26 10:16:58 GMT 2026

काठमाडाैँ। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको गुप्तचरमा आधारित कारबाहीमा ६ जना आतङ्कवादी र २ सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ।

सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपिआर) का अनुसार आतङ्कवादीको उपस्थितिबारे सूचना प्राप्त भएपछि अक्टोबर २४ मा डेरा इस्माइल खान जिल्लामा कारबाही सञ्चालन गरिएको थियो। आइतबार जारी विज्ञप्तिमा प्रतिबन्धित तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का छ जना सदस्य मारिएको उल्लेख छ। गोली हानाहानमा दुई सैनिकले पनि ज्यान गुमाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)