मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दक्षिण कोरियामाथि फराकिलो जित निकाल्दै ब्राजिल क्वाटरफाइनलमा

pahilopost.com · Mon Dec 05 22:15:59 GMT 2022

फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न खेलमा फराकिलो जित निकाल्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्टेडियम ९७४ मा सम्पन्न खेलमा दक्षिण कोरियामाथि ४-१ गोलको फराकिलो जित निकाल्दै ब्राजिलले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो।

खेलको ७ औं मिनेटमै भिनिसियस जुनियरको गोलमा अग्रता बनाएको ब्राजिलका लागि दोस्रो गोल १३ औं नेइमारले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरेका थिए। त्यस्तै २९ औं मिनेटमा रिचार्लिसनले गोल गर्दा लुकास पक्वेटाले ३६ औं मिनेटमा भिनिसियसको पासमा गोल थप्दा आक्रामक खेल खेलेको ब्राजिल पहिलो हाफमै चार गोलले अघि रह्यो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)