गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने काठमाडौँ महानगरको घोषणा
ratopati.com · Fri Jul 10 16:27:33 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिने घोषणा गरेको छ।
महानगरपालिकाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो प्रतिबद्धता जनाएको हो। महानगरपालिकाका प्रवक्ता नबिन मानन्धरद्वारा हस्ताक्षरित विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय नेपालीको उपचारका क्रममा भएको दुखद निधनले महानगर स्तब्ध भएको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)