स्वदेश फर्किइन् विद्या भण्डारी
baahrakhari.com · Mon Oct 26 10:29:32 GMT 2026

काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी स्वेदश फर्किएकी छन् । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर भण्डारी सोमबार (कात्तिक ९) स्वदेश फर्किएकी हुन् ।
सम्मेलनमा भण्डारीले जलवायु जोखिम न्यूनीकरणका निम्ति संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट दीर्घकालीन र भरपर्दो सहयोग सुनिश्चित गर्नुपर्ने धारणा राखेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)