मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

रेबिज खोप नहुँदा सेवा स्थगित

gorkhapatraonline.com · Wed Jun 10 06:38:31 GMT 2026

पाल्पा अस्पतालमा रेबिजविरुद्धको एन्टी–रेबिज भ्याक्सिन (एआरभी) अभाव भएपछि निःशुल्क खोप सेवा प्रभावित भएको छ। खोपको मौज्दात सकिएसँगै अस्पतालले उक्त सेवा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ।

अस्पताल विकास समितिका अध्यक्ष अजय कर्मचार्यका अनुसार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, रुपन्देहीबाट प्राप्त हुँदै आएको एन्टी–रेबिज भ्याक्सिन विगत तीन महिनादेखि उपलब्ध हुन सकेको छैन। आपूर्तिमा समस्या आएपछि अस्पताल विकास समितिले करिब एक लाख रुपैयाँ बराबरको खोप खरिद गरी सेवाग्राहीलाई निःशुल्क सेवा उपलब्ध गराउँदै आएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)