मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

ratopati.com · Mon Oct 26 10:33:39 GMT 2026

नाइजेरिया । नाइजेरियाको उत्तरपूर्वी ताराबा राज्यस्थित बिन्नारी समुदायमा अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । प्रहरीले आइतबार घटनास्थल र आसपासका क्षेत्रबाट थप १५ जनाको शव बरामद गरेपछि मृतकको सङ्ख्या ५८ पुगेको जनाएको छ ।

ताराबा राज्य प्रहरीका प्रवक्ता भिक्टर मसलियाहले करिम–लामिडो स्थानीय सरकारी क्षेत्रअन्तर्गत पर्ने बिन्नारीमा शुक्रबार आक्रमण भएको जानकारी दिए । उनका अनुसार समुदायको साप्ताहिक बजार लाग्ने दिन भएको आक्रमणपछि वरपरका झाडी र नदीबाट शवहरू फेला परेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)