मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानको खैबर पख्तुनख्वामा सैन्य कारबाहीः टीटीपीका ६ सदस्य र दुई सैनिकको मृत्यु

bishowkhabar.com · Mon Oct 26 10:42:27 GMT 2026

काठमाडौं– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको गुप्तचरमा आधारित कारबाहीमा ६ जना आतङ्कवादी र दुई सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ ।

सेनाको सञ्चार शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार आतङ्कवादीको उपस्थितिबारे सूचना प्राप्त भएपछि अक्टोबर २४ मा डेरा इस्माइल खान जिल्लामा कारबाही सञ्चालन गरिएको थियो । आइतबार जारी विज्ञप्तिमा प्रतिबन्धित तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का ६ जना सदस्य मारिएको उल्लेख छ । गोली हानाहानमा दुई सैनिकले पनि ज्यान गुमाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)