शीर्षमा आर्सनल अझ बलियो
ekantipur.com · Sun Jan 01 01:08:26 GMT 2023
लन्डन — आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा शनिबार आफ्नो पकड अझ बलियो बनाएको छ । उसले शीर्षमा सात अंकको अग्रता खोल्ने क्रममा ब्राइटनलाई ४–२ ले हराएको हो । अन्य खेलका नतिजा पनि उसको पक्षमा गएको छ ।
डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले एभरटनसँग १–१ को बराबरी खेल्यो भने न्युकासल युनाइटेड पनि लिड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकियो । आर्सनल ४३ अंकमा शीर्ष स्थानमा छ भने त्यसपछि सिटीको ३६ र न्युकासलको ३४ अंक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)