पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत दिने, ज्येष्ठ नागरिकको घरमै उपचार
nepallive.com · Thu May 26 04:40:00 GMT 2022
बैतडी– बैतडीको पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ। नवनिर्वाचित नगरप्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहणलगत्तै यस्तो निर्णय गरेका हुन्।
प्रमाणीकरण सूचीमा रहेका सहिद परिवारलाई सम्मानस्वरुप प्रतिपरिवार वार्षिक एकमुष्ट २५ हजारका दरले निर्वाह खर्च उपलब्ध गराउने निर्णय गरेका छन्। यस्तै, घाइतेका लागि निःशुल्क उपचार हुने गरी स्वास्थ्य बीमा गर्ने निर्णय भएको नगरप्रमुख बमले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)