कर्णालीमा विपद् प्रतिकार्य चुस्त बनाउन आपत्कालीन गोदाम सञ्चालन कार्यविधि
baahrakhari.com · Wed Jul 01 16:30:11 GMT 2026

सुर्खेत । प्राकृतिक तथा गैरप्राकृतिक विपद्का बेला प्रभावित क्षेत्रमा राहत सामग्री समयमै पुर्याउने, खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने र जीवनरक्षाका लागि आवश्यक सामग्रीको अभाव हुन नदिने उद्देश्यले कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश आपत्कालीन गोदामघर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ लागु गरेको छ ।
कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ५ ले दिएको अधिकार प्रयोग गर्दै प्रदेश विपद् व्यवस्थापन परिषद्ले कार्यविधि जारी गरेको हो । कार्यविधि जारी भएसँगै प्रदेशमा आपत्कालीन गोदाम सञ्चालन, राहत सामग्रीको भण्डारण, वितरण, व्यवस्थापन, जनशक्ति परिचालन, बिमा, अभिलेखीकरण तथा सामाजिक सघ संस्थासँगको समन्वयका विषयमा स्पष्ट कानुनी व्यवस्था भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)