विदेशी पठाई दिने भन्दै रकम ठगी आरोपमा चार जना पक्राउ
annapurnapost.com · Wed Jun 10 06:39:01 GMT 2026

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका–६ बस्ने झापा भद्रपुर नगरपालिका–२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका–१८ बस्ने तनहुँ भानु गाउँपालिका–१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)