‘२५ क्वीन्टल केराउ तस्करी गर्न नदिँदा असई र जवान मारिए’
onlinekhabar.com · Tue Oct 20 17:31:35 UTC 2020
४ कात्तिक, काठमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकलाई शनिबार राति मोहना नदी आसपासको क्षेत्रबाट तस्करी हुन लागेको सूचना आएको थियो । त्यसकै आधारमा बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा प्रहरी जवान रामबहादुर साउदलाई समेत साथमा लिएर उनी त्यस क्षेत्रतिर गएका थिए ।
प्रहरीलाई देखे तस्कर समूह सुरुमै सचेत हुने भएकाले उनी झाडीमा लुकेर बसेका रहेछन् । ‘मोटरसाइकल एकठाउँमा राख्नु र झडप अर्के ठाउँमा हुनुसँगै अभियुक्तको बयानले पनि यसको संकेत गरेको छ’, प्रहरी अधिकृतहरु शंका गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)