एकै ओभरमा सुदूरपश्चिमले गुमायो दुई विकेट
khabarhub.com · Mon Oct 26 11:44:04 GMT 2026
काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गरिरहेको छ ।
खेलमा सुदूरपश्चिमले एकै ओभरमा दुई विकेट गुमाएको छ । खेलको ४ ओभर २ बलमा सुदूरपश्चिमले दोस्रो विकेटका रुपमा आरिफ शेखलाई गुमायो । ६ बल खेलेका आरिफले रनको खाता खोल्न सकेनन् । त्यसपछि क्रिजमा आएका ब्राण्डन म्याकमुलेन पनि दुई बलपछि आउट भए । आउट हुनुअघि उनले दुई बलमा समान रन जोडे । यस ओभरका दुबै विकेट किशोर महतोले लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)