मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पाल्पाका विभिन्न देवी मन्दिरहरूमा सराय तथा तरवार नाच

annapurnapost.com · Mon Oct 26 11:38:02 GMT 2026

तानसेन : बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन पाल्पाका कोतघर र देवी मन्दिरहरूमा 'वाख्खै हो' भन्दै तरवार नचाउँदै सराय नाच निकालिएको छ। यस वर्षको विजयादशमीको पूर्णिमा तिथि दुई दिन परेकाले आज अन्तिम दिन सबै देवीका मन्दिरहरूमा पूजाआजा गरी सराय निकाली यस वर्षको दसैँलाई बिदा गरिएको छ।

देवी भगवती दुर्गाले राक्षस तथा असुरहरूलाई तरवारको प्रयोग गरी वध गरेर विजय प्राप्त गरेको सम्झनास्वरूप पाल्पाका गाउँगाउँमा रहेका मन्दिरहरूमा 'वाख्खै हो' भन्दै तरवार नाच देखाइएको हो। बडादसैँको अवसरमा देवी भगवती मन्दिरहरूमा खेलिने तरवार नाच निकै प्रचलित हुँदै आए तापनि नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ। पाल्पाका प्रत्येक देवी तथा भगवती मन्दिरहरूमा निकालिने सराय नाच तानसेनको लिपिन्देवी मन्दिर, बौघागुम्बा, र छहराको कटौजेपानी लगायतका मन्दिरहरूमा प्रदर्शन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)