मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध 

hamrakura.com · Mon Oct 26 00:00:00 GMT 2026

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले आगामी विहिबारदेखि शुरू भई विषेश गरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्नुका साथै हिमपात हुने सम्भावना रहेको रहेको जनाएको छ ।

विभागले आज विशेष बुलेटिन जारी गर्दै केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको अनुसार बङ्गालको खाडीमा रहेको उक्त चक्रवात क्रमशः शक्तिशाली बन्दै उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने र भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनमको बीचमा पर्ने यानम नजिक तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ । यसको प्रभावले नेपालमा मौसम बदली भई वर्षा र हिमपात हुनसक्ने विभागले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)