मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

khabarhub.com · Mon Oct 26 12:13:26 GMT 2026

बागमती – मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका गरगहना तथा सिक्कासहित चार जनालाई पक्राउ गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकप्वाइन्टमा जाँच गर्ने क्रममा बा ३ च ७०७९ नम्बरको कारको डिक्कीभित्र फल्स बटम बनाइ लुकाइछिपाइ ल्याइएका गरगहना तथा सिक्कासहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)