मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अटो दुर्घटनामा ६ घाइते, एक जनाको अवस्था गम्भीर

nepalnews.com · Mon Oct 26 12:18:47 GMT 2026

पाल्पा। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये सोही गाउँपालिका–३ का ३८ वर्षीया यमकला खाम्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए।

सबै घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। एक बालकसहित पाँच जना घाइतेको अवस्था सामान्य छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)