मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

ratopati.com · Mon Oct 26 12:20:49 GMT 2026

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२७ सिजनका लागि खेलाडीको मिनी अक्सन आगामी डिसेम्बर १६ मा गोवामा आयोजना हुने भएको छ । एक दिन चल्ने यो लिलामी सोही दिन बेंगलुरुमा हुने भारत र श्रीलंकाबिचको दोस्रो एकदिवसीय खेलकै दिन पर्न गएको छ ।

आईपीएलले फ्रेन्चाइजीहरूलाई खेलाडी रिटेनको अन्तिम मिति नोभेम्बर १५ सम्म तोकेको छ । रिटेन्सन मिति सकिएको करिब एक महिनापछि यो अक्सन हुन लागेको हो । नोभेम्बर १५ लगत्तै आईपीएलले दर्ता भएका खेलाडीहरूको प्रारम्भिक सूची टोलीहरूलाई पठाउनेछ । त्यसपछि फ्रेन्चाइजीहरूले सर्टलिस्ट गरेको आधारमा अक्सन हुनुभन्दा एक साताअघि खेलाडीहरूको अन्तिम सूची र सेटहरूको क्रम निर्धारण गरी सार्वजनिक गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)