नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव सम्पन्न
ajakoartha.com · Sun May 17 11:25:00 GMT 2026

काठमाडौं- नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रम आयोजना गरी मनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तारका लागि बीमा सम्बन्धी नीतिगत सुधार साथै बीमितको हित सुरक्षा, समयमैं दाबी भुक्तानी र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने बताईन् ।
अध्यक्ष पौडेलले प्राधिकरणले आगामी दिनमा नीतिगत तहमा रहेका कमीलाई पूर्ति गर्दै बीमितको हित संरक्षण, बीमकको संस्थागत सुढीकरण, जोखिममा आधारित निरीक्षण, सुशासन प्रवद्र्धन र डिजिटल रूपान्तरणलाई प्राथमिकताका साथ दिगो रूपमा अगाडि बढाउने जानकारी दिईन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)