निजामती सेवामा ३०–५५ को प्रावधान लागू गर्न अध्यादेशको तयारी, स्वास्थ्य सेवाका कर्मचारी तत्काललाई सुरक्षित
swasthyakhabar.com · Mon Oct 26 12:32:59 GMT 2026

काठमाडौं - सरकारले सङ्घीय निजामती सेवामा ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहद लागू गरेर ठूलो सङ्ख्यामा कर्मचारीलाई अनिवार्य अवकाश दिने गरी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला स्वास्थ्य सेवाका कर्मचारीलाई भने तत्कालका लागि उक्त व्यवस्थाबाट अलग राखिएको छ।
स्वास्थ्य सेवामा प्राविधिक जनशक्तिको महत्त्व र उमेर तथा सेवा अवधिका आधारमा कर्मचारीलाई अवकाश दिँदा राज्यलाई ठूलो क्षति पुग्न सक्ने विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यसअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अवगत गराएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)