राष्ट्रपति र प्रधानमन्त्रीबीच के विषयमा भयो छलफल?
annapurnapost.com · Sat Aug 13 17:06:00 GMT 2022
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शनिबार साँझ भएको भेटवार्तामा नागरिकता विधेयकको प्रमाणीकरण सम्बन्धमा छलफल भएको बताइएको छ।
संसदको दुवै सदनबाट बहुमतका साथ पास भएको नागरिक विधेयक प्रमाणीकरण भएको छैन। राष्ट्रपति कार्यालयले लामो समयदेखि उक्त विधेयक 'होल्ड'मा राखेपछि प्रधानमन्त्री देउवा सोही विषयमा छलफल गर्न सितल निवास पुगेको स्रोतको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)