गुल्मीमा स्कारपियो दुर्घटना : ९ जना घाइते
ratopati.com · Mon Oct 26 12:37:19 GMT 2026

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा स्कारपियो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो सडकबाट खसेर दुर्घटना भएको भएको जनाएको छ । दुर्घटनामा घाइते भएका ४ जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)