मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

‘पैसेरु’ नाचलाई जोगाउन कुटीचौरबासी सक्रिय

ratopati.com · Mon Oct 26 12:43:41 GMT 2026

दाङ। ‘पैसेरु’ नाचलाई जोगाउन कुटीचौरका स्थानीयहरु सक्रिय भएका छन्। तुलसीपुर उपमहानगरपालिका–१९ स्थित कुटीचौरवासीको लोकप्रिय उक्त नाच प्रायः लोपहुने अवस्थामा पुगेपछि पहिचान जोगाउने अभिप्रायले स्थानीय सक्रिय भएका हुन्।

“नाचगान नहुँदा त तिहार आयो कि आएन, दसैँ आयो कि आएन जस्तै हुन्छ”, सोरठी नाचका गुरु कृष्णबहादुर मल्लले भने, “नाचिएन भने त गाउँ नै सुनसान र रित्तो लाग्छ ।” गाउँमा हराउन लागेको संस्कृति जोगाउन सात वर्षअघि समूह गठन गरेर यो अभियान थालिएको उनले बताए। यो नाचमा युवाहरु पनि सक्रिय भएका छन्। “पुरानो पुस्ताले यो नाच नाच्नुभयो, अब हामीले यसलाई जोगाउनुपर्छ भनेर हामी पनि लागेका छौँ”, स्थानीय युवा सेवक मल्लले भने, “अब हामीले यो नाच जोगाउनुपर्छ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)