मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको *मृ*त्यु

canadanepal.com · Mon Oct 26 12:47:50 GMT 2026

काठमाडौं - गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दभौखानीमा सोमबार दिउँसो स्कारपियो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन्।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार स्याङ्जाको वालिङबाट हिलेसिद्ध दर्शनका लागि आएका दर्शनार्थी सवार गाडी दिउँसो करिब ४ बजे दुर्घटनामा परेको हो। मृतकहरूमा ४ पुरुष र २ महिला रहेका छन्। अध्यक्ष थापाले ५ जनाको घटनास्थलमै र १ जनाको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)