मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वर्णिम वाग्लेलाई प्रदीप ज्ञवालीकाे जवाफ : नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग थिएन

barnanmedia.com · Mon Oct 26 12:50:20 GMT 2026

नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिनुभएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको छ । उहाँले नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर व्याख्या गर्नु नेपालको स्वाभिमान र राष्ट्रिय हितमा आँच पुर्‍याउने विषय भएको टिप्पणी गर्नुभएको छ ।

अर्थमन्त्री वाग्लेले नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग समाप्त भएको बताउनुभएको थियो । उहाँको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेता ज्ञवालीले सामाजिक सञ्जालमार्फत नेपालको राष्ट्रवाद र भारतसँगको सम्बन्धबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो । “अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भनेर दिनुभएको अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं हितमा आँच पुर्‍याउने खालको छ,” ज्ञवालीले लेख्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)