मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुल्मीमा दर्शनार्थी सवार स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु

kendrabindu.com · Mon Oct 26 13:02:48 GMT 2026

गुल्मी । गुल्मीमा स्कारपियो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा चार जना पुरुष र दुई जना महिला रहेका छन्।

कालीगण्डकी गाउँपालिका–२, दभौखानीमा सोमबार दिउँसो करिब ४ बजे दुर्घटना भएको हो। स्याङ्जाको वालिङबाट हिलेसिद्ध दर्शन गर्न आएका दर्शनार्थी सवार गाडी दुर्घटनामा परेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)