प्रहरी चौकी कटुञ्जेबेंसीको भवन उद्घाटन
ekantipur.com · Wed Aug 30 16:54:35 GMT 2023
काभ्रे — जिल्लाको रोशी गाउँपालिका-७ स्थित प्रहरी चौकी कटुञ्जेबेंसीले नयाँ भवन पाएको छ । बुधबार एक कार्यक्रमबीच वाग्मती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले नवनिर्मित भवन उद्घाटन गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक राणाले प्रहरीले प्राप्त गरेको भौतिक संरचना तथा स्रोत साधन प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गरिन् । समुदायमा हुने अपराधजन्य तथा दुर्घटनाका घटनाहरुलाई न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न उनले निर्देशन दिइन् । उनका अनुसार, यसका लागि समुदायस्तरबाट पनि सहयोगको आवश्यक हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)