बेलायतमा दुई शक्तिशाली आँधीको प्रभाव : ९० हजार घरमा अझै विद्युत् सेवा अवरुद्ध
kalakarmi.com · Mon Oct 26 13:14:25 GMT 2026

लण्डन- बेलायतमा लगातार आएका दुई शक्तिशाली आँधी ‘बोएलो’ (Boelo) र ‘अस्टिन’ (Austen) का कारण जनजीवन प्रभावित भएको छ । सप्ताहन्तमा आएको आँधीका कारण बेलायतका उत्तरी क्षेत्रमा करिब ९० हजार घर तथा व्यावसायिक प्रतिष्ठानमा अझै विद्युत् सेवा अवरुद्ध रहेको छ । मौसम पूर्वानुमानकर्ताहरूले आगामी दिनमा पनि तीव्र गतिका हावा चल्ने चेतावनी दिएका छन् ।
आँधीका कारण रुख ढलेर लाग्दा दुई जनाको मृत्यु भएको छ । विभिन्न क्षेत्रमा बाढी, विद्युत् कटौती, सडक तथा रेल यातायातमा अवरोध हुनुका साथै हवाई उडान र सार्वजनिक कार्यक्रमसमेत प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)