आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
nepallive.com · Mon Oct 26 13:19:05 GMT 2026
सुजोउ, चीन– चीनको सुजोउमा अक्टोबर १७ देखि २६ सम्म आयोजित आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपालको यू–१८ छात्र फुटबल टोली २९औँ स्थानमा रहँदै प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिताको सुरुवाती खेलहरूमा कठिन चुनौती सामना गरेको नेपालले अन्तिम दुई खेलमा लगातार जित निकालेको थियो ।
नेपालले अक्टोबर १९, २० र २१ मा क्रमशः टर्की, हङकङ चाइना र चिलीसँग समूह चरणका खेल खेलेको थियो। पहिलो खेलमा नेपाल टर्कीसँग १२–० ले पराजित भयो । दोस्रो खेलमा हङकङ चाइनासँग ६–३ र तेस्रो खेलमा चिलीसँग ७–१ को हार व्यहोरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)